×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको समर्थन फिर्ता लिने धम्की लगत्तै मोर्चा नेतालाई प्रचण्डबाट बोलाहट

LAXMI SUNRISE BANK

सरकारको समर्थन फिर्ता लिने धम्की लगत्तै मोर्चा नेतालाई प्रचण्डबाट बोलाहट

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्ट मधेसी मोर्चाका नेताहरुसँग आज अपराह्न छलफल गर्ने भएका छन् ।
छलफलका लागि प्रधानमन्त्रीले आफूहरुलाई दिउँसो तीन बजे सरकारी निवास बालुवाटार बोलाएको सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। उनका अनुसार बैठकमा मोर्चाले प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिनुअघि मोर्चा र घठबन्धनसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिने छ । प्रदेश सिमांकनमा आफूले भने जसरी संविधान संशोधन गर्नुपर्ने अडानमा मोर्चा छ ।
तर, प्रमुख विपक्षी एमाले र सत्तारुढ काँग्रेसभित्रकै रामचन्द्र पौडेल समूह सिमांकन बदल्ने पक्षमा छैन । सुमनले प्रधानमन्त्रीलाई पूर्वसहमतिबारे स्मरण गराइने बताए ।
‘हामीले धम्की र चेतावनी दिने होइन’, उनले भने, ‘प्रधानमन्त्रीलाई सहमति पालनाका लागि ताकेता गर्ने हो ।’ उनले मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने मनस्थिति नबनाएको प्रष्ट्याए ।
यसअघि सोमबार बसेको मोर्चा बैठकले सरकार माग पूरा गर्ने दिशामा अग्रसर नभएको र आफूहरुलाई धोका भएको भन्दै प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो ।
त्यसको एक दिनपछि नै प्रधानमन्त्रीले मोर्चा नेतासँग छलफल गर्न लागेका हुन् । छलफलमा सत्तारुढ काँग्रेसका नेता र वरिष्ठ मन्त्रीहरुसमेत सहभागी हुने बताइएको छ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी