Skip to content
LAXMI SUNRISE BANK

माउन्ट मकालु डेभलोपमेन्ट बैंक पनि बाफिया विरुद्ध सञ्चालन भएको खुलासा ! सञ्चालक लछुमन तिवारीको योग्यता अपुग (हेर्नुहोस् प्रमाण)

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल राष्ट्र बैंकको फितलो अनुगमनका कारण नेपाली बैंकिङ क्षेत्रमा मनपरी चल्न थालेको उदाहरण एक पछी अर्को सार्वजनिक भइरहंदा एक जिल्ले बैंक माउन्ट मकालु डेभलोपमेन्ट बैंकपनि बैंक तथा वित्तीय संस्था ऐन २०६३ विपरित चलिरहेको खुलासा भएको छ ।   

बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा १९ ले संस्थापक संचालकको योग्यता स्नातक तोकेको छ ।  तर यस बैंकका सञ्चालक लछुमन तिवारी जम्मा एसएलसी पास छन् ।  बाफियामा स्पष्टसँग ‘पब्लिक शेयर होल्डर’बाट निर्वाचित सञ्चालकलाइ मात्र यो नियम लागु नहुने बताइएको छ । जवकी तिवारी त्यसरी निर्वाचित पनि भएका होइनन् ।

ख बर्गको इजाजत प्राप्त यो संस्था बाफिया विपरित चलिरहंदा पनि नियामक निकाय नेपाल राष्ट्र बैंक भने चुप छ ।      

हेर्नुहोस् वाफियामा लेखिएको सञ्चालकको योग्यता :
हेर्नुहोस उनको शैक्षिक योग्यता :

    Royal Enfield
    Hamro Patro Remit

    प्रतिक्रिया दिनुहोस्

    GARIMA BIKAS BANK