×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथको आय ६७ लाख

LAXMI SUNRISE BANK

मुक्तिनाथको आय ६७ लाख

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथले वार्षिक रुपमा करिब  ६७ लाख रुपैयाँको आम्दानी गर्ने गरेको छ ।
मुक्तिनाथ विकास समितिले वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको सार्वजनिक गरेको छ । 
समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार सुन बिक्रीबाट १२ लाख सात हजार रुपैयाँ र बैंक ब्याजबाट तीन लाख ८० हजार रुपैयाँ गरी ६७ लाख रुपैयाँ आम्दानी भएको छ भने एक वर्षको अवधिमा १२ लाख ७७ हजार रुपैयाँ बिबिध खर्च भएको छ । 
कागबेनीमा पितृतर्पण र स्नानपछि अधिकांश भक्तजन मुक्तिनाथ पुग्ने गरेका छन् । त्यहा नेपालका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी