
काठमाडौं- साताभर नै ओरालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म आइपुग्दा ३७.५९ अंकले ओरालो लागेको छ। सातको पहिलो दिन १८०३.६७ अंक कायम रहेको नेप्से साता भर ओरालो लागेपछि १७६६.९१ अंकमा झरेको छ।
यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८.५३ अंकले घटेर ३८२.८३ अंकमा आइपुगेको छ। यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ। जस अनुसार २३ हजार ८८५ कारोबारबाट पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरका ७२ लाख ३९ हजार सात सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ५०.८४ प्रतिशत बढि हो। गत साता १५८ कम्पनीहरुको कारोबार भएको थियो। जस अनुसार १८ हजार ५२६ कारोबारबाट तीन अर्ब ७५ करोड नौ लाख पाँच हजार रुपैयाँ बराबरका ६४ लाख १७ हजार पाँच सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।
यस साता कारोबार रकम (एक अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ) को आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार भएको सेयर संख्या (आठ लाख ६३ हजार कित्ता) को आधारमा एनआइविएल सम्वृद्धि फण्ड अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या (१३५९ वटा) को आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ। यस साता सबैभन्दा बढी कारोबार गर्ने पाँच संस्थाहरुमा नागरिक लगानी कोष, सनराइज बैक, नविल बैंक, एनआइसी एसिया बैंक र नेपाल बंगलादेश बैंक रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्