
उद्योगमन्त्री नवीन्द्रराज जोशीले चैत मसान्तसम्म मुस्ताङमा रहेको युरेनियमको परिमाण पत्ता लगाउने बताएका छन्। उद्योगमन्त्री जोशीले शुक्रबार व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा युरेनियमको परिमाण पत्ता लगाउनका लागि एउटा टोली मुस्ताङको लोमान्थाङ पठाएको तर चिसो सुरु हुन लागेका कारण आगामी दुई हप्तामा उक्त टोली फर्कने जानकारी दिए।
उनले चिसो मौसम सकिएपछि अनुसन्धान टोलीलाई पुन मुस्ताङ पठाउने र युरेनियमको परिमाण पत्ता लगाउने बताए। उनले युरेनियमको परिमाण पत्ता लगाउनका लागि सरकारी जनशक्तिले नपुग्ने भएकाले निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको उल्लेख गरे। अघिल्लो सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले युरेनियमको अन्वेषण कार्य अगाडि बढाएका थिए। रणनीतिक महत्वको खनिज मानिने युरेनियम निकै महंगो हुने प्रति १० ग्राम शुद्ध युरेनियमको मूल्य १८ करोड रुपैयाँ भन्दा बढी पर्ने जानकारहरू बताउँछन्।
यसैगरी, उद्योगमन्त्री जोशीले नपलपरासीमा रहेको फलाम खानीमा कति फलाम छ भन्ने बारेमा पनि मन्त्रालयले अध्ययन गर्ने बताए। उनले नवलपरासीमा कात्तिक २५ गतेदेखि पुस मसान्तसम्मको समय लगाएर अध्ययन गरी परिमाण पत्ता लगाउने बताए। नवलपरासीको धौबादी गाविसको पोखरी भन्ने स्थानमा ठूलो फलाम खानी रहेको तथ्य अघिल्लो सरकारका पालामा गरिएको सर्भेका क्रममा फेला परेको थियो।
पोखरीमा करिब १० किलोमिटर क्षेत्रमा फलाम रहेको अनुमान गरिएपनि फलाक कति परिमाणमा छ भन्ने यकिन भएको छैन। मन्त्री जोशीले इमाडोल र टेकुमा प्राकृतिक ग्याँस रहेरनरहेको बारेमा कात्तिक ५ गते परीक्षण गरिने पनि बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्