
चाडबाडका समयमा बढी अपाराधिक कृयाकलाप साथै दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि नयाँ बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक पूर्णिमा चन्दले यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ बसपार्कमा २४ घन्टा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले भने, “सुरक्षालाई कडा बनाउनका लागि महानगरीय प्रहरी परिसर र सामुदायिक प्रहरी सेवा केन्द्रबाट थप प्रहरी झिकाएका छौँ ।”
चन्दले यातायात व्यवस्था विभागले लागू गरेको भाडा दरका आधारमा टिकटको व्यवस्था गरिएको बताउँदै त्यसभन्दा धेरै भाडा लिए प्रभागमा खबर गर्न आग्रह गरेका छन् । यात्रुको सहजताका लागि बसपार्क्भित्र नागरिक सहायता कक्षको व्यवस्था गरिएको तथा माइकिङबाट विभिन्न सचेतनामूलक सामग्री प्रचारप्रसार गरिएको छ ।
यस्तै रात्रि र दिवामा यात्रुको सुरक्षाका लागि दुई दुई मोटरसाइकलबाट घुम्ती प्रहरी काममा खटाइएको छ । यसका साथै एसी भएका गाडीलाई ४० प्रतिशत बढी भाडा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
दसैँका लागि घर जाने टिकट खुलेको दुई दिनमा पन्ध्र हजारभन्दा बढी यात्रुले टिकट लिएका छन् । शुक्रबारदेखि टिकट खुलेकामा नयाँ बसपार्कबाट सो दिन आठ हजार ६८५ र शनिबार छ हजार ४६८ यात्रुले टिकट लिएका छन् । टिकट लिइएकामा सबैभन्दा धेरै १८ देखि २२ गतेसम्मका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्