
काठमाडौँ – नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रघात सम्झौता गरेको भन्दै त्यस बिरुद्द शुक्रबार राजधानीमा धर्ना दिएको छ। नेपाल -भारत बिच भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै नयाँ शक्तिले धर्ना दिएको हो ।
बाबुराम भट्टराई नेतृत्वको रहेको नयाँ शक्ति नेपालले ‘राष्ट्रघात र प्रतिगमनको खतरा’ भन्दै विरोध प्रदर्शन गरेको हो ।
दाहालको भारत भ्रमणका क्रममा नेपाल-भारतबीच भएको २५ बुँदे सम्झौताका ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ।
नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गर्दै तत्काल सच्याउन पनि माग गरेको छ। नयाँ शक्तिले चाडबाडका बेला दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिए पनि सरकार रमिते बनेर बसेको आरोप लगाएको छ।
धर्नामा बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी थिए ।
- बिज पाटी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्