
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि धादिङमा भएको बस दुर्घटनाका घाइतेलाई लिएर नेपाली सेनाको हेलिकोप्टर काठमाडौं फर्किएको छ । ६ जना घाइते बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको हो । अन्य घाइतेलाई पनि हेलिकोप्टरमा नै काठमाडौं ल्याउने सेनाले तयारी थालेको छ ।
दुर्घटनामा हताहत भएको खबर पाएपछि प्रधानमन्त्री प्रचण्डले हेलिकोप्टरबाट विरामी ल्याउन निर्देशन दिएको स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
धादिङबेंसीबाट दार्खा गाविसको किन्ताङ् जाँदै गरेको मिनिबस दुर्घट्नामा पर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ९ जना गम्भिर घाइते भएका छन ।
बस मार्पाक गाविसको लपाङको उकालोमा ओभरलोडका कारण दुर्घटनामा परेको बताइएको छ । शव पहिरोमा छरिएको छ । धादिङ बेसीबाट विहान ७ बजे दार्खाको किन्ताङ फेँदीको लागि हिँडेको ना २ ख ३३१८ नम्बरको बस सडकबाट तीन सय मिटर तल खसेको थियो ।
- दियो पोस्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्