×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री दिल्ली उड्दा विराटनगरबाट यसो भने माधव नेपालले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रधानमन्त्री दिल्ली उड्दा विराटनगरबाट यसो भने माधव नेपालले

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


विराटनगर – नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भनेर शुभकामना व्यक्त गरेका छन् ।

प्रेस चौतारी मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस भ्रमणको माध्यमबाट दुवै देशबीच आपसी विश्वासमा बढोत्तरी, विगतमा भएका सन्धि सम्झौतालाई अगाडि बढाउन र राष्ट्रिय स्वाभिमानलाई उचाइमा पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिए ।
छिमेकीहरुसँग पारिस्परिक विश्वास र एकअर्काको संवेदनशीलताको नीतिलाई बुझ्ने मुलुकको नीतिरहेको चर्चा गर्दै नेता नेपालले भने – ‘ठूला राष्ट्रको कर्तव्य साना राष्ट्रको संवेदनशीलतालाई बुझ्ने र भावनामा चोट न पु¥याउनु हो ।’
मुलुक अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सङ्कटमा नपार्नका लागि तीनवटै निर्वाचन गराउनुपर्ने, कानुन निर्माण गर्नुपर्ने र संविधानलाई कार्यान्वयन गराउनका लागि दलहरुबीच एकता आवश्यक रहेको सुझाव दिए ।
नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, आर्थिक विकास र सुशासनका लागि यी चार आधारभूत विषय आवश्यक रहेको जानकारी गराए ।

पुनःसंरचना आयोगले गाविसलाई समेटेर ल्याउन लागेको गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अवधारणा गलत भएको भन्दै नेता नेपालले भने, ‘सो कारणले जिल्ला कमजोर हुने र सर्वसाधारण जनतालाई सास्ती हुनेछ ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी