
काठमाडौँ – नेपाल प्रेस युनियन काठमाडौँले पत्रकारको न्यून पारिश्रमिक लागू गराउन सरकारलाई दबाब दिने भएको छ ।शाखाका अध्यक्ष नकुल अर्यालका अध्यक्षतामा आज बसेको बैठकले कतिपय सञ्चारमाध्यममा अझै पनि न्यूनतम पारिश्रमिक लागू नगरेको जनाउँदै सरकारलाई दबाब दिन लागिएको हो ।
बैठकले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत स्थानमा समाचार सङ्कलनमा जाँदा सञ्चारकर्मीले झेल्नुपरेको समस्याप्रति आपत्ति जनाउँदै उक्त स्थानमा समाचार सङ्कलनलाई सहज बनाउन माग गरेको छ ।
बैठकले दसैँतिहारको शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम गर्ने, युनियनका सदस्यलाई यथाशक्य छिटो परिचयपत्रको व्यवस्था गर्ने र नियुक्तिपत्र नदिने सञ्चारमाध्यमलाई नियुक्तिपत्र दिन दबाब दिने निर्णय गरेको शाखाका सचिव महेश्वर गौतमले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्