नेप्सेमा आइतबार ८ कम्पनीका २ करोड भन्दा बढी शेयर सुचिकृत भएका छन् । यस दिन विभिन्न ८ कम्पनीका बोनस र हकप्रद गरी करिब २ करोड १८ लाख किक्ता शेयर सुचिकृत बह्येका हुन् । आइतबार शेयर सुचिकृत हुनेमा १ वाणिज्य बैंक,तीन विकास बैंक,दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनी रहेका छन्।
जस मध्ये सानिमा बैंकको मात्रै १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
त्यस्तै लुम्बिनी फाइनान्स एण्ड लिजिङको ७ लाख ३५ हजार २ सय ४४ कित्ता बोनस शेयर, नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख ३५ हजार कित्ता बोनस शेयर , गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता बोनस शेयर, प्रुरुडेन्सियल इन्स्योरेन्सको ३ लाख २४ हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ।
यसै दिन काक्रेविहार विकास बैंकको ५६ हजार ९ सय २५ कित्ता बोनस र १ लाख ७२ हजार ५ सय कित्ता हकप्रद शेयर, मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार २ सय ५० कित्ता बोनस शेयर र प्रोफेसनल दियालो विकास बैंकको २ लाख ३ हजार ५ सय कित्ता बोनस शेयर पनि सुचिकृत भएको नेप्सेले जनाएको छ ।