×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से आज ०.०८ प्रतिशतले ओरालो लाग्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्से आज ०.०८ प्रतिशतले ओरालो लाग्दै

Artha Sarokar

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको छ । बजार खुलेदेखि बढेको बजार १ घण्टापछि भने ओरालो लाग्न थालेको थियो । २ घण्टाको व्यापारमा नेप्से परिसूचक १ दशमलव ४३ अङ्कले घटेर १ हजार ७ सय ५५ दशमलव ६७ विन्दुमा पुगेको हो । यस समयमा कारोबारमा आएको विकास बैङ्क समूहबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक आरालो लागेको हो । यस व्यापार अवधिमा १ सय १२ कम्पनीको रू। ३६ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ ।

विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ । त्यसैगरी, होटल समूहको परिसूचक १ दशमलव ३४ प्रतिशतले घटेको छ । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ७४ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव २४, बीमाको शून्य दशमलव १९, बैङ्किङ र जलविद्युतको शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी