- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – बिहीवार नेप्से परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको छ । यस समयमा बैङ्किङ, होटल र जलविद्युत समूह बाहेक अरु समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
होटल समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव १ प्रतिशत र बैङ्किङको शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशत, ‘अन्य’ को शून्य दशमलव शून्य ८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशत र बीमाको शून्य दशमलव शून्य १ प्रतिशतले घटेको हो ।
२ घण्टाको व्यापारमा शून्य दशमलव ६१ अङ्कले घटेर १ हजार ७ सय ४८ दशमलव ४९ विन्दुमा पुगेको हो । यस व्यापार अवधिमा रू। ३० करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ भने उत्पादन तथा प्रशोधन समूह स्थिर रहेको छ।