×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोटालाका नाइके बुद्धि आचार्यलगायतको केहि लागेन, अन्तत : टेलिकममा महिला एमडी

PRIME CA

घोटालाका नाइके बुद्धि आचार्यलगायतको केहि लागेन, अन्तत : टेलिकममा महिला एमडी

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – १५ लाखमा बन्ने एप्सलाई ७ करोड खर्च गरेको समाचार सार्वजनिक भएपछि घोटालाका नाइके भनेर बजारमा चर्चा कमाएका बुद्धि प्रसाद आचार्यलाई पछार्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले टेलिकममा वरिष्ठ नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत राजभण्डारीलाई एमडी पदमा नियुक्त गरेको हो । 
टेलिकमका विभिन्न घोटाला काण्डमा नाम मुछिएका तत्कालीन प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित १३ प्र्रतिस्पर्धीले उक्त पदमा आवेदन दिएका थिए । 
संचार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित समितिले ६ बाट अन्तिम ३ नामको रुपमा सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो । सिफारिस ३ नामबाट मन्त्रीपरिषदले कामिनीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: