×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वसाधारणले तेल भर्दा ठगी पाँच लिटर तेल भर्दा ४० मि.लि. कम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सर्वसाधारणले तेल भर्दा ठगी पाँच लिटर तेल भर्दा ४० मि.लि. कम

Artha Sarokar

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बतदाता 

काठमाडौँ – नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए । ‘हेलो सरकार’मा परेको निवेदका आधारमा जाँच गर्दा उक्त परिमाण फेला पारेको हो ।
“नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौँ,” उनले भने  । यस्तै कार्यालयले नयाँ बजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिई सञ्चालन गरेको तथा ढक, तराजु जाँच नगराई सञ्चालन गरिएको पाईएको छ ।
उक्त कोल्डस्टोरलाई जरिवानाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ । यसैगरी हेलो सरकारको उजुरीकै आधारमा बत्तीस पुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी