
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको छिमेक नीतिमा बादल लागेको बेला प्रमुख दल नेपाली कांग्रेस सुतेर बसेको आरोप लगाएका छन्। पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक ‘भूराजनीति’ को आइतबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ओलीले छिमेक नीतिसहित प्रमुख मुद्दाहरुमा कांग्रेसले मौनता साँधेको आरोप लगाए। ‘कांग्रेसले के सिकार गर्यो र बाघ झैँ खुट्टा पसारेर बसेको?’, ओलीले प्रश्न गरे, ‘मुलुकको प्रमुख पार्टीको परराष्ट्र नीति के हो? आर्थिक नीति के हो? कांग्रेस किन चुप छ?’ आफू नेतृत्वको सरकारले आवेग र उत्तेजनामा चीनसँग व्यापार तथा पारवहन सम्झौता नगरेको उनले बताए।
‘चीनसँग व्यापार र पारवहन सम्बन्ध राख्दा छिमेकसँगको सम्बन्ध सन्तुलित हुन्छ’, ओलीले भने, ‘अघिल्लो सरकारले कुनै आवेग र उत्तेजनामा ती सम्झौताहरु गरेको होइन।’ सरकारका प्रवक्ताले चीनतिर बाटो खोल्दा वातावरण बिग्रन्छ भनेकोप्रति टिप्पणी गर्दै ओलीले यस विषयमा पनि कांग्रेस र सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।
‘सरकारका प्रवक्ताले उत्तरतिर बाटो खोल्दा वातावरण बिग्रन्छ भनेकोमा कांग्रेसको प्रतिक्रिया के छ?’, ओलीले प्रश्न गरे, ‘यो भनाई सरकारको हो कि? सम्बन्धित पार्टीको हो कि? प्रवक्ताको निजी धारणा हो?’ ओलीले कांग्रेससँग वीपीको नाम भए पनि उनको नीति नभएको बताए। ‘कांग्रेससँग वीपीको नाम त छ तर त्यो नीति छ कि छैन?’ ओलीले प्रश्न गरे, ‘छ नभे व्यवहारमा पनि देखिनुपर्यो। यसको जवाफ पनि नेपाली जनतालाई देखिनुपर्यो।’ पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ फोनिक्स बुक्सले प्रकाशन गरेको हो। खनाल केपी शर्मा ओली प्रधानमन्त्री छँदा उनका परराष्ट्र मामिला विज्ञ थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्