×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा एक दिने पाल्पा महोत्सव हुने

LAXMI SUNRISE BANK

काठमाडौंमा एक दिने पाल्पा महोत्सव हुने

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – पाल्पाको पहिचान गराउने उद्देश्यले असोज १ गते काठमाडौंमा पाल्पा महोत्सव गरिने भएको छ । लामो समयदेखि क्रियाशील संस्था पाल्पाली संगम काठमाडौंले पाल्पाको पहिचान गराउने  उद्देश्यले काठमाडौंको भृकुटी मण्डपमा एक दिने पाल्पा महोत्सवको आयोजना गरेको हो ।
पाल्पाली पहिचान पाल्पाली करुवाबाट पानी खाएर महोत्सवको उद्घाटन गरिनेछ ।पाल्पामा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सवमा  पाल्पाली कला, संस्कृति र उत्पादनहरु रहने पाल्पाली संगमका अध्यक्ष रुद्रनाथ बस्यालले बताए ।  
महाेत्सवमा पाल्पाली खानाका परिकारहरु चुकाउनी, बटुक (बारा), सेलरोटी, हाँसको छोइला लगायतकाकाे प्रदर्शन गरिने जनाइएको छ ।त्यस्तै, पाल्पाली उत्पादनहरु ढाका र करुवाको समेत प्रर्दशन हुनेछ ।
महोत्सवमा  पाल्पाका विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको संगमले जनाएको छ । महोत्सव उद्घाटनमा राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल, नेपाल सरकारका सचिव नारायणगोपाल मलेगो, राजेन्द्र नेपाल, शान्तबहादुर श्रेष्ठ, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक रमेशशेखर बज्राचार्य लगायतलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।
जम्मा १५ वटा स्टल रहने महाेत्सव बिहान ११ः ३० देखि बेलुका ६ बजेसम्म चल्नेछ। महोत्सवको उद्घाटन पर्यटनमन्त्री जीवनबहादुर शाहीले गर्ने आयोजकले जनाएको छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी