
- अर्थ सरोकार सम्बतदाता
काठमाडौँ – नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सरकार छाडेदेखि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विक्षिप्त अवस्थामा रहेको बताएकी छन्। प्रेस सेन्टर नेपाल, सञ्चार राष्ट्रिय प्रतिष्ठानको प्रथम अधिवेशनको कार्यक्रममा केन्द्रकी प्रवक्ता भुषालले एमाले अध्यक्ष ओलीले पछिल्लो समयमा गरेका गतिविधि, भाषणले उनी विक्षिप्त अवस्थामा रहेको पुष्टी गर्ने दावी गरेकी हुन ।
माओवादीको समर्थनमा बनेको सरकारमा ओलीले माओवादीलाई निषेध गर्ने, माओवादीसँग भएका सहमतिलाई कार्यान्वयन गर्न चासो नदेखाउने गरेका कारण बाध्य भएर समर्थन फिर्ता लिनुपर्ने प्रष्ट पार्दै उनले एमाले अध्यक्ष ओली विक्षिप्त हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गरेकी छन्। उनले एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको, अध्यक्ष प्रचण्डसँग बोल्दै नबोल्ने उल्लेख गरेको, पार्टीबीचका बैठकमा पनि उपस्थित नहुने र निषेधको राजनीति गर्ने गरेको आरोप लगाइन्।
उनले संसदमा समेत एमाले अध्यक्ष ओलीले कपोल्कल्पित, झूठो र भ्रामक आरोप लगाएको बताइन्। उनले भनिन्, ‘संसद जस्तो सम्मानित ठाउँमा समेत एमाले अध्यक्ष ओलीले औला ठड्याएर जुन हिसाबले झूठो, भ्रामक आरोप लगाउनु भयो, त्यसले उहाँ विक्षिप्त हुनुभएको पुष्टी गर्छ।’ उनले प्रतिपक्षीले आरोप लगाउनु भनेको आफू सफल हुने भएको भन्दै पछिल्लो समय हामी सफल भएका छौँ। वर्तमान सरकारले राष्ट्र र जनताको हितमा काम गरेको भन्दै पत्रकारहरूले पनि सरकारको कारकारबाहीलाई निस्पक्ष र सही रुपमा जनतामाझ पुर्याउनुपर्ने आवश्यकता उनले औल्याएकी छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्