
पकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशरफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो नसोच्न भारतलाई कडा चेतावनी दिएका छन। भारतीय टेलिभिजन आजतकसंगको एक अन्तर्वार्ताको क्रममा पुर्व राष्ट्रपति मुशरफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको बताउदै नेपाल र भुटान जस्तो कम्जोर नसोच्न भारतलाई चेतावनी दिएका हुन।
आजतकसंगको बिशेष अन्तर्वार्तामा मुशरफले कयौ अन्य मुद्दामा समेत भारतलाई कडा चेतावनी दिएको छ। ‘भारतले पाकिस्तानलाई कमजोर नसोचे हुन्छ हामी नेपाल र भुटान जस्तो कमजोर र भारतको इसारमा चल्ने राष्ट्र होइन।’ भारत क्षेत्रफलमा भएको ठुलो भएपच्नी चित्त सानो भएको बताउदै मुशरफ अन्य कयौ मुद्दामा समेत कडा रुपमा प्रस्तुत भएका छन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द खरो टिप्पणी दिएका मुशरफले भनेका छन ‘मोदीको दोहोरो चरित्रको कारण पाकिस्तान र भारत सम्बन्ध बिग्रिएको हो।’ पीएम मोदी आफुले चाहेको बेलामा मात्र पाकिस्तान आउने बताउदै नवाज शरिफलाई जन्म दिनको शुभकामना दिन आउन सक्ने तर सार्क सम्मेलनमा आउदिन भन्नु उनको कमजोरी भएको बताएका छन। उनले भने, ‘मोदी कहिले आफ्नो देशका मन्त्रीहरुलाई समेत थहा नदिइ पाकिस्तानका प्रधानमन्त्री नवाफ शरिफको जम्म दिनमा पुग्छन्, कहिले पाकिस्तान आतंकबादको राष्ट्र हो भन्दै हामीले आयोजना गर्न लागेको सार्क शिखर सम्मेलनमा भाग नलिने बताउँछन्,यसले उनको दोहोरो चरित्र प्रष्ट पार्छ।’
कश्मिर मुद्दामा बोल्न नचाहेकाले मोदीले उरीमा भएको आक्रमणलाई ठुलो मुद्दा बनाएको समेत उनले आरोप लगाएका छन। काश्मिर मुद्दामा बहश गर्न नचाहेकाले मोदीले उरीको मुद्दालाई ठुलो बनाएको प्रति खेद प्रकट गर्दै उनले भने ‘जस्तो मोदी उस्तै उनका विदेश मन्त्रि’ भारतीय विदेश मन्त्रि शुष्मा स्वराजको काम नै पाकिस्तानलाई गाली गर्नु रहेको उनले आरोप लगाएका छन।
त्यस्तै पीएम मोदीले बलुचिस्तानमा अनावश्यक हस्तक्षेप बढाएको भन्दै त्यहाँका केहि असन्तुष्ट पक्षलाई भारतले उचालेको आरोप लगाएका छन। मोदी जसरी पनि पाकिस्तानसंग युद्द चाहेको बताउदै मुशरफले भारतलाई भ्रममा नपर्न सुझाएका छन। पाकिस्तानले कडा जवाफ दिने बताउदै उनले भारतलाई हिम्मत भए पाकिस्तानमा आक्रमण गरेर देखाउन चुनौती दिएका छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्