×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्याउनुहुन्छ ? आर्यघाटमा माला बेच्नेहरु महिनाको आधा लाख कमाउँछन् !

LAXMI SUNRISE BANK

पत्याउनुहुन्छ ? आर्यघाटमा माला बेच्नेहरु महिनाको आधा लाख कमाउँछन् !

१० आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 
काठमाडौँ – अहिले ३० हजार तलव थाप्न नेपालका कतिपय दाजुभाई अठा दिदीबहिनीहरु खाडीमा श्रम बेच्न तयार छन् । तर काठमाडौँको पशुपतिनाथमा माला बेच्नेहरूको कथा भने बेग्लै छ । हेर्दा कति नै कमाइ होला र ? भन्ने लागेपनि उनीहरु महिनाको आधा लाखभन्दा बढी कमाउँछन् ।  
हेर्दा अति सामान्य लागेपनि उनिहरुको व्यापारभने सोचेजस्तो सामान्य भने छैन । लास जलाउने ठाउँ नजिकै व्यापार गर्न बसेपनि व्यापार राम्रो हुने बताउछिन् पशुपतिनाथ परिसरमा भेटिएकी रामकला । अर्थसरोकार डटकमसँग कुराकानी गर्दै उनी भन्छिन्, ‘प्रति दिन १०० देखी दुई सय सम्म माला बेच्ने गरेको छु । महिनाको ५० हजार हाराहारीमा कमाइ हुन्छ । त्यहि पैसाले बालबच्चा पढाएको छु । केहि पैसा जम्मा पनि गरेको छु ।’
‘सडकमा पसल राख्दा एक त कमाइ पनि खासै हुन्न अर्को कुरा नगरपालिकाले दुख पनि दिन्छ । लास लिएर आउँदा अधिकांस लासहरु अस्पतालबाट ल्याइने हुनाले अतेष्टि गर्नुभन्दा अघि श्रद्धासाथ सम्मानगर्नको लागि माला बोकेका हुँदैनन् र यहींबाट माला किन्छन् । मालाम आएका बेला खासै बार्गेनिङ पनि गर्दैनन् उनीहरु । त्यसैले राम्रो नाफा राखेर माला बेच्ने गरेका छौं ।’
दुइवर्षदेखि माला बेच्दै आएको बताउने रामकला अगाडी भन्छिन्, ‘यहाँ मालाको मात्र होइन, पानीको  पनि व्यापार राम्रो हुन्छ । विशेषगरी बेलुकाको समयमा वा मध्यरातको समयमा आएका मलामीहरुलाई पानी बेचेर राम्रो पैसा कमाउनेहरु पनि छन् ।’
आफ्नो दुख सुनाउंदै उनी भन्छिन्, ‘यहाँ पनि सुख त कहाँ छ र ?’ कहिले कसले गाली गर्छन्, कहिले कसले । कहिलेकाहीं चन्दा माग्न समेत आउंछन्, हामीसँग । गाह्रो छ काम गर्न । तर पनि विकल्प छैन । अरु काम गरेर नै यति पैसा कमाउने भएको भए त यसरी लासको दुर्गन्ध सहेर व्यापार गर्ने कसलाई पो मन हुन्छ र ?’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी