- कृष्णा चौलागाईं /अर्थ सरोकार डटकम
काठमाडौँ – पशुपतिनाथमा अहिले सोर्ह श्राद्ध चलिरहेको छ । नेपाली चलचित्र पशुपतिप्रसादमा देखाईएझैं पशुपतिको यथार्थ हो यो, ‘जहाँ १ रुपैयाँका लागि बालबालिका जोखिमयुक्त काम गरिरहेका छन् ।’ दिनको आरम्भदेखिनै पशुपति मन्दिर नजिकै रहेको र्आयघाटमा पुगेर यिनीहरुको दैनिकी सुरु हुन्छ । र अरुले बगाएको पैसा र बत्ती भएको टपरी कुन बेला खोलामा आउँछ भनेर कुरेर बस्छन् । यिनीहरु मात्र होइन यिनीहरु जस्ता धेरै बालबालिकाहरु पशुपति वरपर भेटिन्छन्, जसलाई जीवनभन्दा प्यारो त्यो एक रुपैयाँ छ ।

‘पढ्न जाने गरेको छैन ?’ हाम्रो प्रश्नमा पशुपतिमा भेटिएका साइला उपनामले चिनिने गरेका बालक सुरेश भन्छन्, ‘अहँ छैन ।’ ‘आजभोली त श्रद्धाको समय छ । पैसा पाउनको लागी त्यति गारो पनि छैन । नत्र त्यहि एक रुपैयाले गर्दा साथिहरु झगडा मात्र होइन कुटपिट पनि चल्छ यहाँ । हामीहरुचाहिं मिलेर पैसा बाढछौं । सबैको ग्यांङ छ, ठूला दाइहरुले देख्नुभयो भने कुट्नुहुन्छ ।’ आफ्नो कसैले नासुनिदिएको पीडा पोख्दै थिए सुरेश ।

यहिबाटो एनजीओ चलाएर बालश्रम वा बालबालिकाका अधिकारका चर्चा भाषण गर्नेहरु पनि हिड्छन् । सायद यिनीहरुलाई उनीहरुले देख्दैनन् होला । कापी र कलम समाउनु पर्ने समयाम यि र यस्ता धेरै बालबालिकाहरु यही काम गरी रहेका सहजै पाउन सकिन्छ । सरकारले सबैलाई शिक्षा भन्दै कक्षा १० सम्म निशुल्क शिक्षा दिने घोषणा गरिरहेको छ । तर यहिबेला यि र यस्ता बालबालिका भने १ रुपैयाँका लागि ज्यान दिइरहेका छन् ।








Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्