
काठमाडौँ – कोलम्बियाको बिद्रोही समूह फार्कले सरकार संगको शान्ति सम्झौता पारित गरेको छ। दक्षिणी कोलम्बियामा भएको समूहको दशौं सम्मेलनमा शान्ति सम्झौता सर्व सम्मतिले पारित भएको बिबिसीले जनाएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै फार्क नेता टिमोलिओन जिमेनेज तिमोचेन्कोले शान्ति विजयको सबैभन्दा सुन्दर पाटो भएको भन्दै सरकारलाई शान्ति सम्झौताको सम्मान गर्न र स्थायी शान्तिका लागि सामाजिक न्याय र भूमिसुधार लागू गर्न आग्रह पनि गरे।
उनले भने सम्झौताप्रति फार्क पूर्ण प्रतिबद्धता जनाउँछ र यदि सरकारले पनि सम्झौताको पालना गरे सामान्य नागरिक, खासगरी ग्रामीण भेगका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार हुनेछ। अब कुनै पनि अभिभावकले युद्धमा मारिएका आफ्ना छोराछोरीको अन्त्येष्टि गर्नुपर्ने छैन।
सबैखाले प्रतिद्वन्द्व र गुनासाहरु अब बिगत बन्नेछन्। झण्डै ४ वर्षको वार्तापछि सरकार र फार्कबीच शान्ति सम्झौतामा सहमति भएको हो। राष्ट्रपति हुँवा म्यानुएल सान्तोस र फार्क नेता तिमोचेन्कोले सोमबार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। तर यो शान्ति सम्झौता अक्टोबर २ तारिखमा हुने जनमत संग्रहमा बहुमत पाएपछि मात्रै सम्झौता कार्यान्वयन हुनेछ। मार्क्सवादी लडाकु समूह फार्कले कोलम्बियामा सन् १९६४ देखि संघर्ष गर्दै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्