
काठमाडौँ – घण्टौं लाइनमा बसेर पनि पोखरेलीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन् । स्वागतका लागि फूलको गुच्छा र माला लिएर बसेका उनीहरु प्रत्यक्ष देख्न नपाउँदा निराश हुँदै घर फर्किएका हुन् ।
फेवातालको जलकुम्भी झार हटाउने अभियानमा सहभागी हुन आएकी राष्ट्रपति भण्डारीको स्वागतमा बिहान ८ बजे देखि लाइनमा बसेकाहरुले राष्ट्रपतिलाई फूल त दिन पाएनन् नै प्रत्यक्ष देख्न समेत नपाएको गुनासो गरेका छन् ।
पोखरा – पोखराको विन्ध्यवासिनी मन्दिरमा आयोजित सम्मान कार्यक्रम सकेर जलकुम्भी झार हटाउने अभियानमा सहभागी हुन आउँदा राष्ट्रपतिलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै फेवाताल किनारामै गाडी रोकेर जलकुम्भी झार हटाएसँगै हतारमा गाडीमा लगेपछि कामै छाडेर आएकाहरु निराश भएका हुन् ।
स्थानीय दुर्गा पहारीले ३ घण्टा कुर्दा पनि राष्ट्रपतिलाई हेर्न र फूल दिन नपाएकोमा आफुहरु निराश हुँदै फर्किन परेको गुनासो गरिन् ।
स्थानीय मिठुदेवी अधिकारीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्न घरघरमा गएर बोलाएर घण्टौं लाइनमा बसाइएकाहरुले अनुहार पनि देख्न नपाउँदा स्थानीयहरु निराश भएको बताइन्।
राष्ट्रपतिलाई फूलसमेत दिन नपाएको आफूहरुलाई अपमानबोध भएको उनको भनाई थियो । ‘वडा कार्यालयबाटै फोन आएर फूल दिन आएका हामी राष्ट्रपति अनुहार पनि देख्न पाएनौ, उनले भनिन्, ‘कम्तीमा पनि उहाँले हात हल्लाएर मात्र गएको भए पनि हाम्रो चित् बुझ्थ्यो । ‘
पोखराका महिलनाहरुले पहिलो महिला राष्ट्रपति भण्डारी पहिलो पटक पोखरामा आउँदा आमपोखरेलीहरुले स्कर्टिङको नाममा सास्ती भोग्नु परेको गुनासो गरेका छन् । राष्ट्रपति हिँड्ने बाटोमा घण्टौंसम्म अन्य सवारी साधन चल्न नदिएर लोकतन्त्रमा पनि जनतालाई सास्ती दिइएको पोखरेलीहरुले गुनासो गरे ।
- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्