×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडबाडको समयमा प्रहरीको बिशेष सुरक्षा योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चाडबाडको समयमा प्रहरीको बिशेष सुरक्षा योजना

Artha Sarokar

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चाडवाडको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाले चाडवाडको समयमा काठमाडौं छाड्ने मानिसहरुलाई सुरक्षाको चिन्ता हुने भएकाले काठमाडौं जिल्लामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए ।
प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिनेछ । एसएसपी थापाका अनुसार प्रत्येक बृत्तबाट १० देखि १५ मोटरसाइकल र भित्री गल्लीका लागि ३ देखि ५ साइकलले गस्ती गर्नेछ ।दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन छ ।
अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ । सादा पोसाकका प्रहरीले चोरी नियन्त्रण, स्न्याचिङ, बसपार्कको टिकटमा हुने कालोबजारी र नाका-नाकामा बिशेष सूचना संकलकको काम गर्नेछन् ।
टेकुस्थित काठमाडौं परिषरको कार्यालयबाट आजै २१० मोटरसाइकल र ८६ साइकललाई दशैंका लागि परिचालनसमेत गरिसकिएको छ ।
काठमाडौं छिर्ने सीमा नाकाका साथै आपराधिक गतिविधि बढी हुने सम्भावित क्षेत्रमा जघन्य अपराध तथा चोरी पत्ता लगाउने, लागूऔषध र बिष्फोटक पदार्थ पत्ता लगाउने गरी तीन प्रकारका बिशेष तालिमप्राप्त कुकुरहरु काठमाडौंमा परिचालित छन् ।
साथै प्रहरीले दशैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि ९ स्थानमा हेल्प डेक्स स्थापना गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी थापाले काठमाडौंका ३३५ स्थानमा सीसीटिभी जडान गरिएको जानकारी दिए । यसअघि २८० स्थानमा यो सुविधा थियो ।
साथै प्रहरीले चाडबाडमा जुवातास र पटका पट्काउन निषेध गरिएकाको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीको नियम नमान्नेलाई सार्वजनिक अपराधदेखि बिष्फोटक पदार्थ ओसारपसारसम्मको मुद्धा चलाइनेछ ।
  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी