
- कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम
चाडबाड नजिकिए सँगै अपाधिक कृयाकलाप पनि बढ्ने भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले राती होहल्ला गर्दै हिडेँका नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । राती १ बजेसम्म मन्थली नगरपालीका वडा नम्बर १ मा रहेको सोल्मारी होटलबाट मादक पदार्थ सेवनगरी हल्ला गर्दै बसेको अबस्थामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मन्थलीबाट खटिएकोे गस्ति टोलीले मन्थली नगरपालीका १० का बिमल कार्की, मन्थली नगरपालीका ९ का सानुबाबु कार्की, मन्थली नगरपालीका १ का सनम थापामगर, मन्थली नगरपालीका ४ का संजय तामाङ, मन्थली नगरपालीका ८ का पूर्ण खत्री, मन्थली नगरपालीका १ का सतिष सुवेदी, मन्थली नगरपालीका २ का बिकास बाबु श्रेष्ठ, मन्थली नगरपालीका ६ का राजकुमार खत्री, मन्थली नगरपालीका २ का सुदिप भुजेललाई पक्राउ गरेको हो ।
होटलका सञ्चालक दोलखा जिल्ला भिमेश्वर नगरपालीका घर भएका २७ बर्षिय कृष्ण प्रसाद चौलागाईँलाई समेत पक्राउ गरी सामाजिक अपराध तथा सजाय ऐन २०२८ अन्तर्गत कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । साथै अनुसार राति होहल्ला गरेको पाईएमा वा थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन । चाडबाडलाई लक्षित गरी प्रहरी सकृयता थप बढाईने समेत जानकारी दिनु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्