×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राजनीतिक दबाबमा परेर प्रहरीले काम गर्दैन’ -महानिरीक्षक अर्याल

LAXMI SUNRISE BANK

‘राजनीतिक दबाबमा परेर प्रहरीले काम गर्दैन’ -महानिरीक्षक अर्याल

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा परेर प्रहरीले काम नगर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबार आयोजना गरेको शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा उनले भने, ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नेछ ।’

महानिरीक्षक अर्यालले राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्नेमा जोड दिएका छन् ।

कञ्चनपुर लगायत सिमाको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने प्रतिबद्धता जनाउँदै अपराध नियन्त्रणमा सक्रिय भएर लाग्ने बताएका हुन् ।

  •  नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी