×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डलाई भारतीय पत्रिकाको ब्ल्याकमेलिङ, चीन विरोधी नेताका रुपमा चित्रण

LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डलाई भारतीय पत्रिकाको ब्ल्याकमेलिङ, चीन विरोधी नेताका रुपमा चित्रण

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने राजकीय भ्रमणमा भारत छन् । तर भारतीय मिडियाको चासो उत्तरप्रदेश राज्यका एक मन्त्रीको राजीनामा परेको छ । राजकीय भ्रमणका गएका नेपालका प्रधानमन्त्री दाहाल भारतीय मिडियाको चासो र प्राथमिकतामा परेका छैनन् । 
१२५ जनाको जम्वो टोलीसहित दिल्ली पुगेका प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त र वान टु वान वार्ता गर्ने भएका छन् । तर भारतीय मिडियाले यो कुरालाई चासो दिएको छैन । उनीहरुको चासो उत्तरप्रदेश राज्यका मुख्य मन्त्री अखिलेश कुमार र त्यहाँका एक मन्त्रीको राजीनामामा परेको छ । भारतीय मिडियाले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सानो स्थान दिएका छन् । सवै अखवार र टेलिभिजनले दाहाललाई चीन विरोधी नेताका रुपमा चित्रण गरेका छन् । भारतीय लोकप्रिय पत्रिका दैनिक भाष्करदेखि हिन्दुस्तान टाइम्ससम्मले दाहाललाई चीन विरोधी नेताका रुपमा प्रस्तुत गरेका छन् । 
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भारत विरोधी र चीन परस्त भएको आरोप लगाउँदै आएका भारतीय मिडियाले दाहालको भ्रमणलाई ‘ठुलो मौका’ का रुपमा अथ्र्याउन थालेका छन् । अघिल्लो प्रधानमन्त्रीले रसुवागढी–काठमाडौ र काठमाडौ–पोखरा– लुम्विनी रेल मार्गका लागि सम्झौता गरेका थिए । दाहाललाई चीन विरोधी र भारतपरस्त बनाउन बरहवा–काठमाडौ रेल मार्गको सम्झौता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेको भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन् । 
प्रधानमन्त्री दाहालको भ्रमणलाई चीनको प्रभाव नेपालमा कम गर्ने अवसरका रुपमा भारतीय मिडियाले अथ्र्याउन थालेका छन् । तर यो बिषयमा भने नेपाल सरकारले आफ्नो आधिकारीक धारणा बाहिर ल्याएको छैन । भारतीय दैनिक पत्रिका जागरणले पनि दाहाललाई चीन विरोधी नेताका रुपमा चित्रण गरेको छ । दाहालको भ्रमणले भारतसँग सम्बन्ध सुध्रिने र चीनको प्रभाव नेपालमा कम हुने समाचार प्रकासित गरेको छ ।
भारतीय सरकारको अफिसियल पत्रिका मानिने टाइम्स अफ इन्डियाले नेपालको संविधान संशोधन र मधेसी मोर्चाका मागका बिषयमा दुई प्रधानमन्त्रीबीच छलफल हुने बताएको छ । भारतीय प्रधानमन्त्रीको उच्च स्रोतलाई उर्दृत गर्दै टाइम्स अफ इन्डियाले दुई प्रधानमन्त्रीको संवादपछि नेपालमा संविधान संशोधनको प्रस्ताव अघि बढ्ने दावी समेत गरेको छ ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी