×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मोष्ट वान्टेड रेशम चौधरी र प्रधानमन्त्री प्रचण्डको भेट पुत्र प्रकाशमार्फत’

LAXMI SUNRISE BANK

‘मोष्ट वान्टेड रेशम चौधरी र प्रधानमन्त्री प्रचण्डको भेट पुत्र प्रकाशमार्फत’

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – कैलालीमा एसएसपी र एक बालकसहित आठ जनाको ज्यान लिने गरी भएको हिंसात्मक घटनाको मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई प्रधानमन्त्री प्रचण्डसँग उनकै छोरा प्रकाश दाहालले भेट गराएको बुझिएको छ । दिल्लीको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोस्ट वान्टेडको सूचीमा रहेका फरार अभियुक्त चौधरी भेटेको तस्बिर बाहिरिए पछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । चौतर्फी आलोचनामा परेपछि प्रधानमन्त्रीको सचिवालयले भिडभाडमा परिचय नखुलाई भेट्न आएको प्रष्टिकरण दिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री पुत्र प्रकाशसँग सामाजिक संजालमार्फत रेशमले भेटको मेसो मिलाएका थिए । स्रोतका अनुसारे राजकीय भ्रमणमा रहेका प्रधानमन्त्रीलाई सम्बन्धित पक्षको पूर्वस्विकृति बिना भेट गर्न भारतीय सुरक्षाकर्मीले दिदैनन् । भेटमा प्रधानमन्त्रीले नचिनेको व्यक्तिसँग कुरा गरेजस्तो देखिदैंन । प्रधानमन्त्री प्रचण्डलाई भेटका बारेमा पूर्व जानकारी भए नभएको बारेमा भने केही बताउन नसक्ने स्रोतले बतायो र्। प्रकाशलाई पूर्व जानकारी थियो । दिल्लीबाट रेशमले आफैंले सम्र्पक गरेका थिए ।’ स्रोतको दाबी छ ।
तस्बिरमा नेपाल प्रहरीका डिएसी र सशस्त्र प्रहरीका इन्स्पेक्टरसँगै देखिन्छन् । रशेम धेरैले चिनेका पात्र पनि हुन् । उनी पूर्व जानकारीबिनै गएको भए त त्यहीं पक्राउ पर्न सक्थे ।’ रेशमसँग नियमित सम्पर्कमा रहेको स्रोतको तर्क छ ।

भेटमा के भयो ?

स्रोतका अनुसार रेशम चौधरीले भेटका क्रममा उनले टिकापुर घटनामा निर्दोषलाई फसाइएको र आफुपनि निर्दोष रहेको प्रष्टिकरण दिएका थिए । रेशमले जघन्य अपराधका दोषीलाई कारवाही गर्नुपर्नेमा आफुपनि सहमत रहेको बताएका थिए । थारुले थारुलाई फसाएको भन्दै उनले आफु फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीको कोपभाजनमा परेको दुखेसो गरेका थिए । सो भेटमा प्रधानमन्त्रीले थारुका मागप्रति आफु सकारात्मक रहेको र समस्या सामाधानका लागि आफुले पहल गरिरहेको जनाएका थिए ।

भेटको योजना पूरानै

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कुरा चलेसँगै रेशमले भेटका लागि पहल गरिरहेका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँग दिल्लीमा आत्मसर्मपण गर्ने सम्मको योजना बनाएका थिए । आत्मसमर्पण गर्न नहुंने भन्दै उनका निकटवर्तीहरुले सल्लाह दिएका थिए । प्रचण्डकी बुहारी एंव छिमेकी जिल्लाकी नेतृ बिना मगरसमेतलाई विश्वासमा लिंदै रेशमले प्रकाशसँग संवाद थालेका थिए ।
प्रकाशले भेटका लागि वातावरण मिलाइदिने बताएपछि उनले आफुलाई भेट बोलाएर पक्रने त होइनन् भन्दै निकटवर्तीसँग सल्लाह लिएका थिए । क्रान्तिकारीबाट त्यस्तो किसिमको विस्वासघात नहुने भन्दै उनलाई निर्धक्क भएर भेट्न सल्लाह दिइएको स्रोतले बतायो । र
भारतीय सुरक्षाकर्मीले पक्राउ गरेमा विषय झन् जटिल बन्ने भन्दै उनी हच्चिएका थिए । हामीले सल्लाह दियौँ । प्रचण्डको सचिवालय र घरभित्रबाटै सकारात्मक जवाफ आउँदा भेट्न के को डर ? भनेपछि उनी गएका हुन् ।’ रेशमका निकटवर्तीले बताए ।

मोस्ट वान्टेडसँग प्रचण्डको भेट हुँदा पत्रकारपनि सँगै थिए । सँगै रहेका पत्रकार रिषी धमलाले रेशमसँग अन्तरवार्ताका लागि प्रयास गरेका थिए । तर, उनले पछि कुरा गर्ने भन्दै बाहिरिएका थिए । यसबारेमा प्रकाशको प्रतिक्रिया लिन नेपाल आजले गरेको प्रयास सफल हुन सकेन ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी