×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र सीता पुगे हरिद्धार बाबा रामदेवलाई भेट्न

LAXMI SUNRISE BANK

प्रचण्ड र सीता पुगे हरिद्धार बाबा रामदेवलाई भेट्न

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दिल्लीमा राजनीतिक भ्रमण सकिएपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड धार्मिक क्षेत्र हरिद्धार पुगेका छन् ।
पत्नि सीता र छोरा प्रकाशका साथ रामदेवको आश्रम हरिद्धार पुगेका प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । काश्मिरको आर्मि हेडक्वार्टरमा आतंकवादी आक्रमण, रानीखेतमा अमेरिकी सेनासंग भारतीय सेनाको संयुक्त युद्धअभ्यास र उत्तरभारतका एअरपोर्टहरुमा आतंकवादी आक्रमणको संभावना रहेको गुप्तचरको सनसनीपूर्ण रिपोर्टका वीच हरिद्धार पुगेका नेपालका प्रधानमन्त्रीको सुरक्षा अत्यन्तै कडा वनाइएको हो ।
प्रचण्ड पतञ्जली फुडपार्क पुगेपछि उत्साहित भएका वावा रामदेवले नेपालमा पनि पतन्जली फुडपार्क राख्ने प्रस्ताव पेश गरिहाले । रामदेवको फुडपार्क पुगेका प्रधानमन्त्री प्रचण्डले योगलाई उत्पादनसंग जोडेर रामदेव र वालकृष्णले इतिहास रचेको भन्दै प्रशंसाका जोडदार शव्दहरु खर्चिदा रामदेव मख्ख पर्ने नै भए ।
विहान साढे ११ वजे हरिद्धारमा आयोजित रामदेवको कार्यक्रममा भाग लिएपछि प्रधानमन्त्री प्रचण्ड हवाई मार्गबाटै दिल्ली फर्किएका हुन् । शनिवार पतञ्जली योगपिठमा सुरक्षाका लागि रिहर्सल समेत गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी