
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा माओवादी केन्द्रका २१ जना नेतालाई लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा जेल पठाउने योजनाको खुलासा भएको छ ।
चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न बसेको माओवादी केन्द्रको बैठकमा आफूसहित माओवादीका २१ नेतालाई अख्तियार लगाएर जेल हाल्ने षडयन्त्र भइरहेको खुलासा गरेका हुन् ।
प्रचण्ड भारत भ्रमणमा गएकै बेला एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा छानविन अघि बढेको जानकारी दिँदै नेताहरुलाई बयानका लागि बोलाएको थियो ।
अख्तियारले लडाकु शिविरको भ्रष्टाचार प्रकरण उल्ट्याएपछि यसलाई व्यवस्थापन गर्न प्रचण्डले अमेरिका भ्रमण समेत रद्ध गरेका थिए ।
हिजोको बैठकमा प्रचण्डले लडाकु शिविरको भ्रष्टाचार प्रकरण अगाडि ल्याउन अख्तियारलाई एमालेले उकासेको आरोप पनि लगाएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार लडाकु शिविरको अनियमिततामा मुछिएका प्रचण्डसहित २१ जना पूर्व लडाकु कमाण्डरमाथि छानविन गर्ने ‘षडयन्त्र’ भएको भन्दै अध्यक्षले विफ्रिङ गरेका थिए ।
लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा आफूसहित पार्टीका २१ नेतामाथि छानविन थालेपछि प्रचण्डले अख्तियारले गर्ने कारवाहीलाई ब्यवस्थापन गर्न केही कदम चाल्ने तयारी भइरहेको जानकारी बैठकमा गराएको ती नेताले बताए ।
‘म लगायत २१ नेतालाई अख्तियार लगाएर फसाउने षडयन्त्र भइरहेको सूचना आएको छ,’ प्रचण्डले विफ्रिङका क्रममा बैठकमा भने– ‘अख्तियारको कारवाहीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृहकार्य भइरहेको छ ।’
अख्तियारले को–कोलाई पठायो पत्र
स्रोतका अनुसार लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा अख्तियारले प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ ।
- दैनिक नेपाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्