Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले गर्नेभए अर्को नयाँ काम, जुन अहिलेसम्म कुनै प्रधानमन्त्रीले गरेका छैनन्

अर्थ सरोकार

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौँं प्राज्ञसभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवम् श्रम सहचारी रहे जस्तै गरी सङ्गीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने विश्वास दिलाए ।
उनले भने, ‘नेपाल र नेपालीको गौरवलाई विश्वमा चिनाउनका लागि सङ्गीत एवम् नाट्य क्षेत्र गतिशील हुनुपर्छ, त्यसका लागि संरक्षकका तवरबाट म सक्दो पहल गर्छु ।’
प्रतिष्ठानको प्रवद्र्धन र विकासका लागि आफ्नै भवन हुने व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले छिट्टै पहल गरिने विश्वास दिलाए ।
तराई, पहाड र हिमालभित्र रहेको विविधता र मौलिकतालाई जीवन्त एवम् विश्वभर फैलाउने जिम्मा पाएको प्रतिष्ठानको भूमिकालाई अझै विस्तार गरेर लैजानुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका कुलपति सरुभक्तले परिवर्तनको संवाहकका रुपमा रहेको नाट्य प्रज्ञा–प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि सहयोग गरिदिन माग गरे भने उपकुलपति शम्भुजित बाँस्कोटाले विश्वका विभिन्न मुलुकमा सरकारीस्तरमा हुने भ्रमण टोलीमा सङ्गीतकर्मीलाई पनि समावेश गराउन माग गरे ।
प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले प्रतिष्ठानको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बहुजातीय र बहुसांस्कृतिक मुलुकको समुन्नत संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका लागि प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा अध्ययनअनुसन्धान गर्दै आएको जानकारी दिए ।

  • काठमाडौँ टुडे 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK