
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्को महिना चिनियाँ राष्ट्रपति भेट्न लागेको जानकारी माओवादी केन्द्रका नेताहरुलाई दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बिहान बसेको हेर्डक्वाटर बैठकमा ब्रिम्स सम्मेलनमा सहभागी हुने भारत जाने क्रममा सी सँग भेट्ने जानकारी गराएका हुन् ।
उनले चीन र आफ्नो पार्टीबीच पहिल्यैदेखि राम्रो सम्बन्ध रहेको दाबी गर्दै कसैले चाहेर पनि उक्त सम्बन्ध बिगार्न नसक्ने दाबी गरे । भारततिर ढल्केर चीनसँग सम्बन्ध बिगारेको भन्ने आरोपको उनले कडा प्रतिवाद गरे ।
‘हाम्रो चीनसँगको सम्बन्ध पहिल्यैदेखि राम्रो हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेता हरिबोल गजुरेलले काठमाडौँ टुडेसँग भने, ‘जसले बिगार्न खोजे पनि हाम्रो (माओवादी केन्द्र–चीन) सम्बन्ध बिग्रार्न सक्दैन ।’
गजुरेलका अनुसार प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका बेला नै चिनियाँ उच्च नेतृेत्वले राष्ट्रपति सी सँग भेटघाटको समय मिलाएको पनि बताए । ब्रिक्समा हुने भेटले नै राष्ट्रपति सीको नेपाल भ्रमणको मिति तय हुने प्रचण्डले उल्लेख गरे ।
उदयीमान अर्थतन्त्र भएका पाँच देश चीन, भारत रसिया, दक्षिण अफ्रिका र ब्राजिलको समूह ब्रिक्सको सम्मेलन आगामी अक्टोबर १५ र १६ मा भारतको पर्यटकीय सहर गोआमा हुँदैछ ।
बिमस्टेक सदस्य राष्ट्रका हैसियतमा ब्रिक्स सम्मेलनमा नेपाललाई पहिचोपटक निम्ता आएको हो । बिमस्टेकमा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्