×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डले गरे मेलम्ची खानेपानीआयोजनाको निरीक्षण

LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डले गरे मेलम्ची खानेपानीआयोजनाको निरीक्षण

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका सम्बन्धमा आफैंले अनुगमन गर्ने घोषणा अनुरुप प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको हेलम्बु गाविसको चिम्बुमा रहेको सुरुङको शुक्रबार स्थलगत निरीक्षण गरेका हुन्। ११ बजेर ५२ मिनेट जाँदा सुरुङ पुगेका प्रधानमन्त्री प्रचण्डले करिब डेढ घण्टा सुरुङको निरीक्षण गरेका हुन।
यसअघि आयोजनाको हेलम्बुस्थित कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आयोजनाको प्रगति विवरणबारे जानकारी समेत लिएका थिए। प्रगति विवरणबारे आयोजनाका प्रमुख घनश्याम भट्टराईले जानकारी दिँदै आयोजना निर्माणका क्रममा भएका समस्या र त्यसका समाधानका उपायहरूबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनकाबारे आफैले अनुगमन गर्ने घोषणा अनुरुप मेलम्ची खानेपानी आयोजनाबाट सुरु गरेका हुन्। 
करिब एक हप्ता अगाडि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको तालिका बनाएर अनुगमन गर्ने बताएका थिए। यस्तै उनले अन्य मन्त्रीहरूलाई पनि आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्न निर्देशन दिएका छन।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी