
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् ।
३७ औं सामाजिक सेवा दिवसको अवसरमा बिहीबार परिषद्ले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाज सेवाका नामका काठमाडौंका तारे होटल तथा उपत्यका बाहिर आफूलाई पायक पर्ने शहरमा कार्यक्रम गर्दा उनीहरुको प्रभावकारिता माथि प्रश्नचिन्ह खडा हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले देशका विकट क्षेत्र र समुदायका जनताको हितमा हुने गरी काम गर्ने बाचासहित दर्ता भएका गैरसरकारी संस्थालाई पारदर्शी तथा उत्तरदायी भएर काम गर्नसमेत निर्देशन दिएका हुन् ।
समाज सेवा पहिलो र रोजगारी दोस्रो स्थानमा राखेर गैरसरकारी संस्थाले काम गरे मात्रै उनीहरुको कामप्रति विश्वास गर्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले कर्मचारीलाई आफ्नो कार्यशैली र व्यवहारमा परिवर्तन गरी समाजप्रति उत्तरदायी भएर काम गर्न निर्देशनसमेत दिए ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनमा आइसकेको बताए । उनले उच्च अदालत नियमावली संसद्बाट पारित गराएर संघीयता कार्यान्वयनमा ल्याइएको बताए ।
त्यस अवसरमा समाज कल्याण परिषद्मा २५ वर्ष काम गरेका केही कर्मचारीलाई प्रधानमन्त्री दाहालले परिषद्का तर्फबाट दीर्घसेवा पटकबाट सम्मानित गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्