×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको प्रस्ताव अस्वीकार गरे विमलेन्द्र निधिले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रचण्डको प्रस्ताव अस्वीकार गरे विमलेन्द्र निधिले

Artha Sarokar

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटा प्रस्तावको विपक्षमा देखिएका छन् ।
त्रिशुलीमा भएको जीप दुर्घटनामा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे र उनका दुई भाइको खोजिकार्यामा लागि बंगलादेशबाट गोताखोर ल्याउने प्रधानमन्त्रीको प्रस्तावको गृहमन्त्रीले अर्को विकल्प देखेका हुन् ।
मंगलबार बिहान दुर्घटनास्थल घोप्टेभिर पुगेर निरीक्षण गरेपछि गृहमन्त्रीले घिमिरेलगायतकाको खोजिकार्यका लाति गोताखोर आवश्यक नपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले गोताखोर ल्याउन प्रक्रिया अघि बढाउन निर्देशन दिएको विषयमा संचारकर्मीले जिज्ञासा राखेपछि गृहमन्त्री निधिले नेपालको नदीनालाबारे नेपाली सुरक्षाकर्मी र माझी बढी जानकार रहेको बताउँदै गोताखोरको आवश्यकता नपर्ने बताए ।
दुई सुरक्षा निकायका प्रमुखसहित घोप्टेभिर पुगेका निधिले नेपालको नदीनालाको बारेमा गोताखोर भन्दा नेपाली सुरक्षा निकायलाई बढी जानकारी भएकाले उनीहरुलाई नै खोजीकार्यमा लागाउनु प्रभावकारी हुने बताए ।
सोमबारमात्र घटनास्थल पुगेका यातायातमन्त्री रमेश लेखकसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले बंगलादेशबाट गोताखोर ल्याएरै भएपनि घिमिरेको खोजीगर्न निर्देशन दिएका थिए ।
गोताखोरले पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउँछ ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी