×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रत्यक्षदर्शी सांसदको बयान: यसरी भेटे प्रधानमन्त्रीले रेशम चौधरीलाई

LAXMI SUNRISE BANK

प्रत्यक्षदर्शी सांसदको बयान: यसरी भेटे प्रधानमन्त्रीले रेशम चौधरीलाई

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको राजकीय भ्रमणका क्रममा कैलाली नरसंहारका फरार अभियुक्त रेशम चौधरीलाई भेटेको पुष्टि भएको छ ।  संसदको विशेष समयमा शुक्रबार बोल्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रधानमन्त्री दाहालले नयाँ दिल्लीको ताज होटलमा भएको उक्त भेट नियोजित नभएको बताएका हुन् । उनी दाहालको भ्रमणटोलीका सदस्य थिए ।
ताज मल होटलमा भएको कार्यक्रममा सुरक्षा निकायले कसैलाई पस्न दिएको थिएन । पछि डिनरका बेला थारु आन्दोनलको पक्षमा उभिने सांसदहरु आएका छन् भनेर उनी हामीलाई भेट्न आएका थिए,’ उनले भने– ‘एक जना नेपालीका नाताले प्रधानमन्त्रीलाई देख्ने वित्तिकै उठेर अभिवादन गर्नु स्वभाविक हो । यसलाई अतिरञ्जित व्याख्या गरियो ।’
यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले प्रधानमन्त्री दाहालले राजकीय भ्रमणका बेला कैलाली घटनाका एक फरार अभियुक्तलाई भेटेको विषयलाई तिब्र ओलोचना गरेका थिए ।
त्यस विषयमा प्रधानमनन्त्री र उनको दलले जवाफ नदिदै चौधरीले उक्त भेटघाटको बचाउ गरेका हुन् । ‘आफ्नो आङको भैसी नदेखेर अर्काको जुम्रा देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने– ‘थरुहट आन्दोलनका एक संयोजकलाई मन्त्री वनाउन हुने, त्यही आन्दोलनको अर्को एक व्यक्तिलाई भारतमा भेट्न नहुने ?’
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी