
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख देशका दूतावासमा संगीत, कला, साहित्य तथा नाट्य क्षेत्रका प्रतिनिधि राखिने बताएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आइतबार काठमाडौंमा ९ औँ प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संगीत र संस्कृतिको प्रचारप्रसार तथा महत्वलाई विश्व सामु पुर्याउनका लागि प्रमुख देशका नेपाली दूतावासमा संगीत क्षेत्रको प्रतिधित्व राख्ने व्यवस्था गर्ने आश्वासन दिएका हुन्।
देशको हरेक परिर्वतनलाई आत्मसाथ गर्ने साहित्य जिवन्त बन्ने भन्दै उनले साहित्यले आदर्शउन्मुख, दूरगामी र मनोवैज्ञानिक ढंगले आदर्श समाज निर्माणमा सहयोग पुर्याउने गरेको उल्लेख गरे। राजनीति र साहित्य कला फरक देखिए पनि उत्तिकै महत्वपुर्ण भूमिका रहेकाले समान रुपमा कला, साहित्य क्षेत्रको पनि दूतावासमा प्रतिनिधित्व गराइने बताए।
‘संगीत, नाटकको तर्फबाट देशका प्रतिष्ठित व्यक्तिलाई दूतावासहरुमा राखियो भने हाम्रो साहित्य कला संस्कृतिको विकासमा टेवा पुग्छ भन्ने सुझाव आएको छ’, प्रधानमन्त्रीले भने ‘अरु नभए पनि प्रमुख देशका दूतावासमा यो क्षेत्रका व्यक्तिलाई संलग्न गराउन पहल गर्नेछु।’ नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संरक्षक समेत रहेका प्रधानमन्त्रीले प्रतिष्ठानको भवन तथा अलग्गै पुर्वाधार निर्माणका लागि सक्दो पहल गर्ने आश्वासन समेत दिए।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले देशको सांस्कृतिक महत्व जर्गेनामा महत्वपुर्ण भूमिका निर्वाह गरेका संस्कृतिककर्मीको स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरे। उनले कलाप्रेमी तथा प्राज्ञहरुलाई अन्तराष्ट्रिय स्तरमा गरिने राष्ट्रिय भ्रमणमा समावेश गर्नुको साथै विभिन्न देशका दूतावासमा प्रतिनिधित्व गराउन सरकारको ध्यानाकर्षण गराए। नेपालको संगीत तथा नाट्य विधाको संरक्षण, सम्बर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्ने उद्देश्यले २०६७ बैशाख १० गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको गठन भएको हो।

- थाहा खबर
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्