×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत बाट फर्के लगत्तै प्रचण्डले भने ­ संविधान दोस्रो संशोधान हुन्छ

GLOBAL IME BANK

भारत बाट फर्के लगत्तै प्रचण्डले भने ­ संविधान दोस्रो संशोधान हुन्छ

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानकोे दोस्रो संशोधन तत्कालै हुने बताएका छन् ।
संविधान दिवसको अवसरमा सोमबार टुँडिखेलमा आयोजित ‘संविधान दिवस विशेष’ कार्यक्रममा बोल्दै प्रचण्डले सबैलाई स्वीकार्य बनाउनका लागि सरकार संविधानको दोश्रो संशोधन गर्न लागेको बताएका हुन  । एकपटक संविधानका महत्वपूर्ण धाराहरुमा संशोधन भैसकेको भए पनि उक्त संशोधनबाट मधेशी, आदिवासी जनजाति, थारु, लागायतका समुदायका  भावना समेट्ने गरी संविधानको दोश्रो संशोधन गर्न लागिएको बताए ।
हामीले संविधानमा मधेसी, आदिवासी जनजाति, समुदायका जायज मागहरुकोे सम्बोधन गर्न सकेका छैनौ । उनीहरुका जायज मागहरुको संबोधन गर्न संविधान संशोधन गर्न जरुरी रहेको छ । विश्वका कुनै पनि संविधान एकै पटक पूर्ण नहुने  जिकिर गर्दै उनले जनताका आकांक्ष अनुसार यसमा संशोधन गर्दै पूर्णता दिदै जानुपर्ने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले संविधनको पूर्ण कार्यान्वयनको लागि २०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गरिसक्नुपर्ने बाध्याता रहेको उल्लेख गरेका छन् । निर्वाचनकालागि स्थानिय तहको संरचना भइरहेको र निर्वाचन आयोगसँग पनि छलफल भइरहेको बताएका छन् ।
  • एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: