×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेलाई गोप्य सुचना दिएको प्राधिकरणका सिइओ ज्ञवालीलाई प्रचण्डको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमालेलाई गोप्य सुचना दिएको प्राधिकरणका सिइओ ज्ञवालीलाई प्रचण्डको आरोप

Artha Sarokar

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढाल्न रातदिन खट्टिएका दीपकुमार उपाध्यक्षलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले फेरी भारतको राजदूतमा सिफारिस गरेर गुन तिरे । ओली सरकार ढाल्न सक्रिय सहयोग गरेका अर्का पूर्वकर्मचारीलाई स्थान दिन प्रचण्ड र देउवाले पुर्ननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हटाउने तयारी गरेका छन् । उनलाई हटाउन दाहालका भित्रि दुई आरोप रहेका छन् ।
प्राधिकरण र आफुसँग भएका गोप्य कुराहरु एमालेलाई दिने गरेको पहिलो आरोप प्रधानमन्त्री दाहालले ज्ञवालीलाई लगाएका छन् । ‘मैले भनेका सवैकुरा एमालेसँग सुशीलले परयाउँदा रहेछन्’ गत मंगलबार माओवादी केन्द्रका नेताहरुसँग प्रधानमन्त्री दाहालले बालुवाटारमा भने ‘कोही योग्य र विश्वासिलो साथीलाई ल्याउनु परयो ।’
दाहालले सिइओ फेर्ने कुरा गरेपछि नेता बर्षमान पुनले आफ्नो नजरमा एउटा इमान्दार ब्यक्ति भएको बताए । तर ति ब्यक्ति को हनु् ? उनको नाम भने त्यहाँ उच्चारण गरेनन् । पुर्ननिर्माण प्राधिकरणका लागि प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका नेताहरुले आफु अनुकुलको सिइओ खोजिरहेका छन् ।
ज्ञवालीलाई प्रधानमन्त्री दाहालले अर्काे आरोप पनि लगाएका छन् । पुर्ननिर्माण प्राधिकरणको काम सुस्तरुपमा बढाएको र आफ्ले भने अनुसारको स्पिड समाउन नसकेको आरोप प्रचण्डले लगाएका छन् । तर ज्ञवाली भने यसलाई आरोपका नाममा आरोप मात्र भएको दावी गरिहेका छन् ।
सत्ता गठबन्धनका कांग्रेस सभापति देउवा भने सिइओ ज्ञवालीलाई हटाएर सुशील कोइराला नेतृत्वको सरकारमा सिइओ भइसकेका गोविन्द पोखरेललाई ल्याउने तयारीमा छन् । उनले सिइओका लागि पोखरेललाई दाहालसँग सिफारिस पनि गरिसकेका छन् । तर देउवाको सिफारिस भन्दा आफु निकटको ब्यक्ति ल्याउन तयारीमा प्रधानमन्त्री दाहाल रहेका छन् ।
ओली सरकार ढाल्न उपाध्याय र पोखरेले नेताका घर–घर धाएका थिए । उपाध्यायले त्रिपुरेश्वर स्थित आफ्नै घरमा कयौ पटक कांग्रेस–माओवादी केन्द्रका नेताहरुको बैठक गराएका थिए । त्यसको फलस्वरुप ओली सरकारले अयोग्य घोषणा गरेका उपाध्यायलाई प्रचण्ड सरकारले फेरी भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
सरकार ढाल्न लागि परेका पोखरेललाई पनि स्थान दिनु पर्ने तर्क देउवाले राख्दै आएका छन् । तर दाहाल भने पुर्ननिर्माण प्राधिकरण भन्दा अन्य ठाउँमा पोखरेललाई स्थान दिनु पर्ने पक्षमा छन् ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी