×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक अर्काेसँग भिड्नका लागि तयार भएकै हुन प्रचण्ड र लोकमान ?

LAXMI SUNRISE BANK

एक अर्काेसँग भिड्नका लागि तयार भएकै हुन प्रचण्ड र लोकमान ?

३ आश्विन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

यो मुलुकमा लोकमान जतिको चतुर खेलाडी अरु कोही छन कि छैनन होला ? हेर्नुहोस त दशवर्षे जनयुद्ध लडेर शान्ती प्रक्रियामा आएका अर्काे माहिर राजनीतिक खेलाडीलाई  प्रचण्डलाई समेत अहिले तिनै लोकमानले हायल कायल पारिदिएका ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिस र अख्तियार प्रमुख लोकमान सिंह कार्की बीचको लडाई अन्ततः माओवादी शिविरको भ्रष्ट्राचार काण्डसम्म आइपुग्दा एकले अर्कालाई सिध्याउने खेलका रूपमा अगाडी बढेको छ ।
मओवादी स्रोत भन्छ ‘यहि कारणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो अमेरिका भ्रमण समेत एकाएक रद्द गर्न पुगेका छन् ।’ के उसो हो भने प्रचण्ड र लोकमान एक अर्काेसँग भिड्नका लागि तयार भएकै हुन त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान कार्कीलाई नियुक्ती गर्दा निकै विवाद उत्पन्न भएको थियो । 
बिवादै बिवादका बीच अख्तियार प्रमुखमा लोकमान कार्की नियुक्त भए । उनी नियुक्त हुँदा सर्बोच्च अदालतमा उनको योग्यताको सन्र्दभमा मुद्धा दायर भएको थियो । अहिले आएर सर्बोच्च अदालतले उनै कार्कीलाई नियुक्त गर्दाको फाइल उल्टाएको छ र नियुक्ती गर्दाको फाइल सरकारसँग माग गरेको छ । सर्वोच्चले सरकारसँग फाइल माग गर्दा भूकम्पमा फाइल हराएको लज्जाजनक जबाफ फर्काएको छ ।
तर सर्वोच्चले फाइल उपलब्ध नभए कारबाहि गर्ने चेतावनी दियो भदौ ३१ गते । सर्बोच्चको कदमले आफ्नो पद धरापमा परेपछि लोकमान सिंहले आफ्नो अन्तिम फायर यसरी खोले कि वर्तमान प्रधानन्त्री प्रचण्ड लगायतका माओवादीका प्रभावशाली नेतालाई जेल पुर्याउने गरि । बहिुचर्चित शिविर भ्रष्ट्राचार काण्डबारे तीनवर्षसम्म मौन बसेका लोकमान कारवाही सर्वोच्चलाई प्रचण्डको दबाबमा ब्याक गराउने उदेश्यले बार्गेनिङको रुपमा अगाडि सारिएको कतिपय माओवादी नेताहरुको टिप्पणी छ ।
यसबाट प्रष्ट हुन्छ सर्बोच्चले फाइल उल्टाएर लोकमान हटाउने दाउमा छ भने कार्की माओवादी शिविरको फाइल उठाएर सरकार मार्फत् सर्वोच्चलाई दबाब दिने रणनीतिमा छन यहि भुमरीमा परेको फसेको छ माओवादी ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी