
काठमाडौँ – रामेछाप कारागारका सुरक्षा प्रमुख र चौकीदार शुक्रबार राति मदिरा सेवन गरेको अभियोगमा पक्राउ परेका छन् ।
विशेष सुराकीका आधारमा सदरमुकाम मन्थलीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोध ढुंगेलका अनुसार सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेकाले प्रहरी नायव निरीक्षक छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको हो ।
स्थानीय बासिन्दाले साँझ ६ बजेपछि कारागार बाहिर निस्कन नपाउने चौकीदार र सुरक्षा प्रमुख आफैं बजारमा बसेर मदिरा खाइरहेको सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी पठाइएको ढुंगेलले बताए । प्रहरीले दुवैलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाएको छ ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्