×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारका लागि नयाँ संहिता लागु , पत्रकारले पुरस्कार लिन नपाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पत्रकारका लागि नयाँ संहिता लागु , पत्रकारले पुरस्कार लिन नपाइने

Artha Sarokar

६ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –प्रेस काउन्सिल नेपालले नेपालका पत्रकारहरूका लागि नयाँ आचार संहिता लागू गरेको छ । प्रेस काउन्सिलको ४७औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममार्फत आचार संहिता लागू भएको घोषणा गर्न लागिएको काउन्सिलका सदस्य किशोर श्रेष्ठले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ लगायत सम्बद्ध सञ्चार संस्थासँगको परामर्शपछि काउन्सिलले पत्रकार आचार संहिता–२०७३ पारित गरेको छ । पत्रकार आचार संहिता २०६४ मा संशोधन गरी १५ बुदेँ नयाँ आचार संहिता लागू गर्न लागिएको हो । नयाँ आचार संहितामा इन्टरनेटमा आधारित पत्रकारिताको विषय समावेश गरिएको छ ।
नयाँ आचार संहितामा पत्रकार तथा सञ्चार माध्यमले त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थ पुर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानी पु-याउने नियत राखी पत्रकारिताको पेशागत मर्यादा प्रतिकुल कार्य गर्न नहुने उल्लेख छ । नयाँ आचार संहितामा अनलाइन सञ्चार माध्यमले सामाग्री सम्प्रेसण गर्दा पहिले नै राखिएको जस्तो देखाउने गरी पुरानो मिति र समय उल्लेख गर्न तथा एक पटक प्रकाशित सामाग्री प्रकाशनपश्चात हटाउन नपाइने उल्लेख छ ।
तर असावधानीबश पोष्ट हुन गएका सामाग्रीको प्रकृति खुलाई क्षमायाचना गर्नुपर्ने उल्लेख छ । अनलाइनमा प्रकाशित सामाग्रीमा प्रकाशित हुने अश्लील प्रतिक्रियालाई स्थान दिन नहुने र प्रकाशित त्यस्ता सामाग्रीको जिम्मेवार स्वंय अनलाइन हुने व्यव्स्था आचार संहितामा छ ।
नयाँ आचार संहितामा १६ वर्ष नपुगेका बालबालिको अन्तवार्ता वा तस्वीर अविभावक वा संरक्षक वा परिवारको अनुमति बिना लिन नपाइने उल्लेख छ ।
यस्तै, आचार संहितामा पत्रकारले पेशागत मर्यादा र दायित्वमा प्रतिकुल प्रभाव पार्नेगरी कुनैपनि सरकारी, गैरसरकारी संस्था वा व्यापारिक प्रतिष्ठान, संघ संस्था वा व्यापारीबाट पुरस्कार, उपहार, सम्मान वा विशेष सुविधान लिन नपाउने उल्लेख छ ।

  • लोकान्तर

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी