
- प्रियंका कार्की
रामेछाप सुनार पानीमा हो मेरो घर । १५ बर्षको उमेरमा विवाह भएको । २० बर्षमा आमा बने । अहिले ४३ वर्षकी भए । ०५७ सालमा श्रीमान खस्नुभयो । त्यतिबेला बाबुको उमेर सात बर्षको मात्रै थियो । पहाड घर रामेछापमा हो । श्रीमान खसेपछि घरमा माया पाइएन ।
म मर्न भनेर हिडेकी थिएँ । तर छोरा सम्झेर फर्के । सपनामा छोरालाई दुःख नदेऊ भन्नुहुन्थ्यो । छोराकै लागि म उसलाई काखी च्यापेर काठमाडौं आए । श्रीमान ज्ञानबहादुर कार्की राष्ट्रिय अनुसन्धानका जागिरे थिए । असाध्यै माया गर्ने ज्ञानुको प्रेम उनले केही बर्षमै सदाका लागि गुमाउँनु पर्यो । १६ बर्षदेखि छोरालाई लिएर बसेकी छु । ऋणधन गरेर छोरा हुर्काएकी हुं । छोरा बुझ्ने भएपछि यो पसल थालेकी हुं । अहिले यही पसलपनि लुटियो ।
श्रीमानको सपना पूरा गर्न मैले गाऊँ छाडेँ । तर सहर सजिलो रहेनछ । अनेक कष्ट सहेर उसलाई हुर्काए । मैले उसका धेरै रहर अधुरै राखेकी छु । कमाइ नहुँदा पूरा पेटपनि खुवाउँन सकिनँ । ज्ञान र उपदेस दिइरहेँ । छोरो लगनशिल छ । यसैमा चित्त बुझाएकी छु ।’ काठमाडौंको बानेश्वरहाइटमा गृहमन्त्री बिमलेन्द्र निधिको घर नजिकै छ पसल छ । सोही पसल आइतबार दिऊँसो लुटियो ।
आइतबार अस्पताल गएकी थिँए । छोरा प्रविण काम परेर बाहिर निस्केको थियो । अगाडिबाट पसल बन्द थियो । घरको ढोका फोरेर चोर पछाडिबाट पसलमा पसेछ । सत्यको धन केही हुन्न भन्थे । होइन रहेछ त्यो पनि लुटियो । साहुसँग उदारोमा सामान ल्याएर बेचेर तिनलाई तिर्ने गरेको थिए । साहुलाई तिर्न भनेर ठीक्क पारेको ९५ हजार रुपैयाँ र सुन चोरियो । अब कसरी तिर्ने ?’
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्