
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दैछ। दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पुनर्निर्माणको नीति तथा कार्यक्रम र बजेट, प्रधानमन्त्रीको निर्देशन अनुसार ४५ दिनभित्र भएका कामको समीक्षा, प्राधिकरणको संगठनात्मक संरचना र भूकम्प पीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने विषयमा छलफल हुनेछ।
यसअघि आइतबारको बैठकमा सामान्य छलफल भएको र सोमबार थप छलफल गरी निर्णय हुने प्राधिकरणले जनाएको छ। भूकम्प गएलगत्तै पुनर्निर्माणको कूल लागत ६ सय ७० अर्ब लाग्ने अनुमान गरिएपनि २ सय ६८ अर्ब बढेर ९ सय ३८ अर्ब पुगेको छ। पीडितलाई तत्काल थप एक लाख रुपैयाँ उपलब्ध गराउने विषयमा पनि बैठकले निर्णय गर्ने बताइएको छ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार बसेको समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राखेका थिए। बैठकमा पुनर्निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयका सचिवहरुले आफूहरुले गरिरहेका काम र समस्याबारे रिपोर्टिङ गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्