×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गत वर्षको तुलनामा राजस्व संकलन २९ प्रतिशत बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गत वर्षको तुलनामा राजस्व संकलन २९ प्रतिशत बढ्यो

Artha Sarokar

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गत वर्षको तुलनामा चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको राजस्व संकलन  २९ प्रतिशतले वृद्धि भएको छ । यो आवको भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य २८ अर्व ७५ करोड ६६ लाख ३७ हजार रहेकोमा २८ अर्व ९३ करोड ६ लाख ६५ हजार संकलन भएको हो ।
आन्तरिक राजश्व बिभागका अनुसार शीर्षकगत रूपमा आयकर तर्फ १२ अर्व २१ करोड ९७ लाख ८६ हजार, मूल्य अभिवृद्धि कर १० अर्व ४५ करोड २ लाख ३५ हजार र अन्तःशुल्क तर्फ ५ अर्व ९१ करोड ६५ लाख ८८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०३ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ १०१ प्रतिशत रहेको जनाइएको छ ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १३ करोड ८३ लाख ७१ हजार र २० करोड ५६ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०२ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७९ प्रतिशत संकलन भएको हो । गत वर्षको तुलनामा आयकर वृद्धिदर १३६ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर ११४ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १४९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १२३ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३७ प्रतिशत रहेको बिभागले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी