Skip to content
LAXMI SUNRISE BANK

युवालाई स्वदेशमा अवसर दिनुपर्ने

अर्थ सरोकार

  • अर्थसरोकार संगबाददाता 

जापानको राजधानबाट करिब ४०० कि मि टाढा रहेको टोयोटा सहर मा नेकपा एमाले स्थानिय समन्वय कमिटि द्वारा आयोजित कार्यक्रममा बोल्दै उहाले जापानको बिकास मोडलबाट नेपालले  ढिलै भए पनि सिक्नु पर्ने  बताउनु भयो ।
त्यस्तै उहाले आफुहरु युवाहरुलाई स्वदेश मै राम्रो आय आर्जन गर्ने बाटो निर्माण गर्न लागिरहेको र अबको पाच वर्षमा बिदेशिन बाध्य युवालाई राज्यमा अवसर सृजना गर्न बताउनु भयो ।
अघिल्लो सरकारलेको प्रधानमन्त्री के पी शर्मा ऒलिले मुलुक सम्रिद्दीको लागि तय गरेको रोड म्याप मा सम्पूर्ण राजनैतिक दल अगाडी बढ्नु पर्ने समेत उहाले जिकिर गर्नुभयो ।
त्यस्तै एक फरक प्रसङ्मा उहाले अक्तियार दुरुपयोग अनुसन्धान आयोगले युवासंघ नेपालले दिएको निबेदन उपर माओबादि सिभिरमा भएको भष्टचारउपर कारबाही प्रक्रिया अगाडी बढाएकोमा अब यसलाई प्रचारबाजी गर्नु भन्दा नि निस्पक्ष छानबिन गरि दोसीलाई तत्काल कानुनी दायरामा ल्याउन आफुहरुे पहल गर्ने जानकारी दिदै कानुनि राज्यलार्इ समाप्त गर्न चाहने तत्वहरु जनताको असली सेवक बन्न नसक्ने भन्नुभयो।  अख्तियारले सुरु गरेको अभियान सार्थक नभए आफुहरु न्याको लागि अन्य निकायमा समेत जान बाध्य हुने बताउनु भयो ।
दुइ हप्ते जापान भ्रमणमा निस्कनु भएका एमाले युवा नेता पहारी जापानमा आयोजित विभिन्न पार्टी कार्यक्रमहरुमा सहभागी हुदै हुनुहुन्छ । 
त्यस्तै त्यहा रहदा उहाले जापानी राजनैतिक दलका युवा नेताहरु संग दिगो नेपालको बिकास र नेपाल जापान सम्बन्ध का बिषयमा दुईपक्षिय भेटघाट समेत गर्नु हुने छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK