Skip to content
LAXMI SUNRISE BANK

संचार मन्त्री राम कार्की भारतकाे एजेण्ट भएकाे दाहालकाे गंभीर अाराेप

अर्थ सरोकार

पूर्व माअाेवादी नेता एवं वरिष्ठ वामपन्थी विश्लेषक भरत दाहालले माअाेवादी केन्द्रका नेता एवं सूचना संचार मन्त्री राम कार्कीलार्इ चीनका विरूद्ध भारतकाे सुराकीकाे संज्ञा दिएका छन् ।
सामाजिक संजाल फेसबुकबाट दाहालले केही दिन अघि कार्कीले चीनका विरूद्ध बाेलेकाे भन्दै उनी भारतका सच्चा सेवक भएकाे गंभीर अाराेप लगाएका छन् ।
कार्कीले केही दिन अघि नेपालले चीनसँग अर्काे नाका खाेलिए पर्यावरणमा अप्ठयाराे पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।
याे अभिव्यक्तिलार्इ लिएर भरत दाहाले सामाजिक संजालबाट कार्कीका विरूद्ध तीव्र प्रहार गरिरहेका छन् ।
त्यसैगरी दाहालले फेसबुकबाट कार्की विरूद्ध यस्तै अर्काे कडा अभिव्यक्ति दिएका छन् । उनले कार्कीलार्इ चीनसँग नाका खाेल्दा पर्यावरण बिग्रन्छ भनेर भन्ने काे हुन् भनेर प्रश्न गरेका छन् ।
कार्की माअाेवादी अान्दाेलनमा लागेदेखि निकै विवादास्पद मान्छेकाे रूपमा रहेकाे दाहालकाे अाराेप रहेकाे छ ।

  • जनपाटी 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK