
काठमाडौँ – राजधानीमा आयोजिक एक कार्यक्रममा सञ्चारमन्त्री राम कार्कीले चीनविरोधी अभिव्यक्ति दिएको भन्दै माओवादी केन्द्रमा आलोचना भएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा एक नेताले कार्कीले जिम्मेवार पदमा रहेर दिएको चीनविरोधी अभिव्यक्तिले नेपाल–चीन सम्बन्धमा नै असर पार्ने भन्दै कडा आलोचना गरेका हुन् ।
गत मंगलबार राजधानीमा आयोजित ‘नेपाल–चीन सम्बन्धस् नयाँ सन्धिको सन्दर्भ’ विषयक अन्र्तक्रिया कार्यक्रममा सञ्चारमन्त्री कार्कीले हिमाली क्षेत्रमा सडक विस्तारको नाममा भएको कामले पर्यावरण बिगार्ने भन्दै यस्ता भौतिक संरचना निर्माणमा पर्यावरणको ख्याल राख्नुपर्ने बताएका थिए ।
कार्कीले भनेका थिए, ‘कहिले हिमाल छेडेर रेल ल्याउने त कहिले हिमालको माथि–माथि सडक सञ्जाल विस्तार गर्ने कुरा उठेको छ । पर्यावरण बिगारेर सञ्जाल विस्तारका लागि ओखलढुंगाका डाँडामा स्काभेटर कुदिरहेका छन् । यो राम्रो पक्ष होइन ।’
कार्कीको यस अभिव्यक्तिलाई लिएर लाजिम्पाट बैठकमा एक नेताले कडा आपत्ति जनाएका थिए ।
नाम उल्लेख नगर्ने शर्तमा माओवादी केन्द्रका एक नेताले काठमाण्डु टुडेसँग भने, ‘कार्कीजीको अभिव्यक्ति चीनविरोधी भयो । सरकारको जिम्मेवार व्यक्तिले यसो भनेको सुहाएन । यसले नेपाल–चीनबीचको सम्बन्धलाई प्रभाव पार्ने देखिन्छ र सरकारप्रति जनताको नकारात्मक धारण विकास हुन सक्छ । भन्ने कुरा बैठकमा उठेको हो ।’
उनले यस विषयमा कार्कीसँग स्पष्टीकरण सोध्ने सम्बन्धमा चर्चा भने नभएको बताए । उनले भने, ‘आगामी दिनदेखि यस्ता विषयमा सजग भएर बोल्न कार्कीजीलाई सुझाइएको हो । बैठकमा एकाध कुरा उठेपनि गम्भीर रुपमा छलफल भने भएको होइन ।’
उता सञ्चारमन्त्री कार्कीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष एमालेले काउन्टर गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका मान्छेले चीनसँको सम्बन्ध बिगार्न लागेको भन्दै आलोचना गरे । ओलीले भने, ‘सरकारका जिम्मेवार मान्छेले चीनसँगको सम्बन्ब बिगार्न थालिसकेछन् । दक्षिणतर्फ सडक विस्तार गर्दा केही नहुने तर उत्तरतर्फ विस्तार गर्दा पर्यावरणलाई असर पार्ने कुरा आउन थालिसकेछ ।’
सञ्चारमन्त्री कार्कीको यस अभिव्यक्तिको खण्डन गर्दै प्रचण्ड सरकारले चीनका लागि राजदूतमा सिफारिस गरेका पूर्व मुख्यसचिव लिलामणी पौड्यालले समेत चीनसँगको सम्बन्धमा जोड दिनका लागि रेल र तेल प्रमुख विषय भएकाले यसलाई महत्वका साथ लिनुपर्ने बताए ।
सञ्चारमन्त्री उपस्थित सोही कार्यक्रममा बोल्दै पौड्यालले भने, ‘चीनसँग सम्बन्ध जोड्नका लागि रेल र तेल प्रमुख हुन् । हामीले चीनबाट पाइपलाइनमार्फत तेल ल्याउने विषयमा पहल थाल्नुपर्छ ।’
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्