
सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारुढ कांग्रेसभित्रै विवाद चर्किएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएको छ ।
पौडेल पक्षले आइतबार आफू पकक्षधर बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टिको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको समाचार आजको राजधानी दैनिकमा समाचार छ ।
पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरिरहेको छ । पौडेल पक्षधर नेताहरुले आइतबार अनामनगस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् ।
उनीहरुले पार्टीमा छलफल नै नभएका कारण आफूहरु नै दुविधामा परेको र संस्थागत धारणा राख्ने नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् ।
‘कुन कुन विषयमा संविधान संशोधान गर्ने हो ? पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्दे आशंका छ, यस्तो हो कि भन्ने आशंका छ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्विकार्य हुन्न,’ बैठकमा पौडेलको भनाई उदृत गर्दै एक नेताले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्