
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बुधबार बिहान फेसबुकमा पोष्ट गरे, ‘एकाबिहानै बेथितिसँग भेट ।’
मल्ल बिरामी आमालाई रुकुमको चौरजहारी विमानस्थलका लागि उडान बिहान सवा ६ बजे नै त्रिभुवन विमानस्थल पुगे । टिकट थियो सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको । साढे ६ बजे जहाज उड्ने समय भएकाले हतारहतार मल्ल आमालाई लिएर विमानस्थल पुगे ।
‘साँढे ६ बजे जहाज उड्नुपर्ने थियो, तर ७ बजेसम्म नेपाल एयरलाइन्सका कर्मचारीको नाममा चरो–मुसो हुँदाछन्’, मल्लले भने । मल्लले जहाजको उडान रद्ध भएको र ढिला भएकोबारे जानकारी दिने चलन नहुँदा यात्रुले अनावश्यक सास्ती खेप्नुपरेको उल्लेख गरे ।
उनले त्यहींबाट नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई टेलिफोन गरे । कशांकारबाट थाहा पाए जहाज साढे ९ बजे उड्ने गरी डिले भयो । ‘यही भएर पो निजी एयरलाइन्स मालामाल र सरकारी विमान कम्पनी डुबेको रहेछ’, मल्लले कंशाकारलाई भने । जवाफमा कंशाकारले यस्तो घटना सामान्य भएको बताएर फोन राखिदिए ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्